Note:- This article is in Nepali language and non-Nepalese please click here to read in English.
esewa नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे सेवा हो। डिजिटल वालेटको साथ, ग्राहकहरुले बिभिन्न सेवा प्रयोग गरे बापत बिल तिर्न को लागी,  पैसा पठाउन र प्राप्त गर्नको लागी पैसा आफ्नो मोबाइल फोन र इन्टरनेटमा तुरुन्त प्राप्त गर्न सक्दछन्।
esewa

esewa बाट ग्राहकहरूले मोबाइल रिचार्ज, बिजुली बिल भुक्तानी, टिभी भुक्तानी, अनलाइन यात्रा टिकट, अनलाइन शपिंग, चलचित्र टिकट, स्कूल / कलेज शुल्क भुक्तानी, क्रेडिट कार्ड भुक्तानी, बीमा प्रीमियम र अधिक धेरैको लागि ईसेवा वेब / मोबाइल अनुप्रयोग प्रयोग गर्न सक्दछन्। त्यस्तै, व्यापारीहरू, सेवा प्रदायकहरू र खुद्रा आउटलेटहरूले मालसामान खरिद बिक्रीको लागि तत्कालै भुक्तानी प्राप्त गर्न सक्दछन्।

esewa मा फन्ड लोड गर्न पनि धेरै सजिलो अनि धेरै बिकल्पहरु छन । जस्तै मोबाइ बैंकिङ, इ-बैंकिङ, कार्ड, क्यस पोइन्ट र काउन्टर डिपोजिट (Mobile Banking, e-Banking, Card, Cash point and Counter Deposit) ।

मोबाइ बैंकिङ, इ-बैंकिङ नेपालमा रहेको जुनसुकै बैंकहरुमा खाता भएकाले यो सेवा प्राप्त गर्न सक्दछन भने ति बैंकहरुले जारी गरेको डेबिट कार्डबाट पनि फन्ड लोड गर्न सकिन्छ । क्याश पोइन्ट भन्नाले esewa मार्किङ भएका आउटलेटहरुबाट तथा बिभिन्न बैंकहरु मार्फत सिधै esewa wallet मा फन्ड लोड गर्न सकिन्छ ।

esewa प्रयोग गर्न वेबमा इमेलबाट र नेपाल भित्रै भए मोबाइ नम्बर बाट पनि ब्याक्तिगत बिबरण भरेर खाता खोल्नु पर्छ । ख्याल गर्नुहोस बिबरणहरु कागजातसँग मेल खानु पर्छ । बिबरणहरु सही नभएमा तपाइको खाता निलम्बनमा पर्न सक्छ । अन्त्यमा आबश्यक कागजातहरुको स्क्यानिङ सबमिट गरेर KYC प्रमाणित गराउनुहोस । KYC प्रमाणित नगरी पनि तपाइले  रु ५०००। सम्म भुक्तानी लिन वा दिन सक्नु हुन्छ ।


We'd like to hear your comments and ideas regarding the eSewa Nepal login. Please share and follow to support Amble Log. Thank 
You.